TodayPati

नागरिकता विधेयक प्रमाणीकरण भएसंगै नागरिकता समस्या समाधान भएको छ : राष्ट्रपति पौडेल

टुडेपाटी–
जनकपुरधाम, असोज ८ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आफुलाई खुसी लागेको बताएका छन् । उनले यसले मधेसमा वर्षोदेखि व्याप्त रहेको समस्या मसाधान गर्नमा आफुले भुमिका खेलेको बताए ।

सोमबार आयोजित राष्ट्रपति पौडेलको अभिनन्दन समारोहमा उनले नागरिकता विधेयक प्रमाणीकरण भएसंगै मधेसमा देखिएको नागरिकता समस्या समाधान भएको र यसले समाजिक न्याय र कानुनी राज्यको समेत अनभुति गराएको बताए ।

Sponsored

पौडेलले मधेसलाई कृषिको आधार भुमि बनाउन सकिने बताउदै पहाडको जल र तराईको अन्न नेपालको समृद्धिको आधार बन्न सकिने बताए । उनले मधेसमा देखिएको कृषि र सिचाईको समस्यालाई समाधान गर्नका लागि आफुले वर्षोदेखि अवाज उठाउदै आएको बताउदै सिचाईको केही समस्या समाधान भएपछि थप समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । आफु शान्ति मन्त्री हुदा मधेस आन्दोलनको क्रममा २२ बुन्दे सहमति गरेको स्मररण गर्दै उनले यसले संविधान निर्माणको आधार भुमि खडा गरेको बताए ।

पौडलले मधेसको जनताको कारणले नै सिमाको भुमिहरु जोगिएको बताउदै मधेसका जनता सच्चा राष्टवादी भएको र मधेसी जनताले नै सिमाको एक एक ईन्च भुमिका रक्षा गरेको बताउदै यस कुराको सिंहदरवारमा बसेर शासन चलाउनेहरुले मनन गर्नुपर्ने आवश्यकता रहेको बताए । समाजिक न्याय र संघीयाता लोकतन्त्रलाई समृद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताउदै मधेसमा देखिएको समाजिक न्यायको समस्यालाई सम्बोधनको खाचो रहेको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *