TodayPati

राष्ट्रपति पौडेल कपडाको चप्पल लगाएर गरे जानकी मन्दिर दर्शन

टुडेपाटी-
जनकपुरधाम, असोज ८ गते ।

राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनी जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् ।

उनी जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन गरेका हुन् । कपडाको चप्पल लगाएर दर्शन गर्दा उनको आलोचना पनि भइरहेको छ ।

Sponsored

राष्ट्रपति पौडेल आज दिउँसो जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यही कार्यक्रममा उनलाई जनकपुरधाम उपमहानगरपालिका कार्यालयले नागरिक अभिनन्दनको कार्यक्रम आयोजन गरेको छ ।

राष्ट्रपति जनपुरधाम आएपछि सुरक्षाव्यवस्था कडा पारिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *