TodayPati

धनुषामा पालिकाले खनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु

टुडेपाटी

जनकपुरधाम, असोज ७ गते ।

धनुषामा पालिकाले ठेक्का लगाएर खनेको खोलाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका १ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् ।

Sponsored

शनिबार दिउँसो अन्य दुईजना बालकसंगै खेल्न बिगही खोलामा पुगेका थिए । खाल्टोमा जमेको पानी नुहाउन खोजेका थिए । तर खाल्टोमा चिप्लएर डुबेका बालक लामो समयसम्म ननिस्केपछि संगै गएका बलाकहरुले स्थानीय गुहारेका थिए ।
खोजेर निकालेर उनलाई प्रादेशिक अस्पताल जनकपुर उपचारका लागि पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बटेश्वर गाउँपालिका कार्यालयले तीन वर्ष अघि सो खोला ठेक्का लगाउँदा उत्खनन भएको थियो । पछि ठेक्का रद्द गरेपनि पछि पुनः लुकीचोरी डोजर लगाएर खनेको खाल्डोमा पानी जमेको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *