TodayPati

एमालेको मधेश प्रदेश अधिवेशन असोज २४ गते, तयारी सुरु

टुडेपाटी-
जनकपुरधाम, असोज ६ गते ।

नेकपा एमालेको मधेश प्रदेश अधिवेशन अगामी असोज २४ गतेदेखि जनकपुरधाममा हुने भएको छ । अगामी असोज २४,२५ र २६ गते जनकपुरधाममा हुने एमालेको मधेश अधिवेशनको तयारी सुरु गरिएको हो । तयारीका लागि एमालेले विभिन्न समिति गठन गरी जिम्मेबारी बाबँडफाड गरेको छ ।

एमालेका मधेश प्रदेश प्रचार विभाग प्रमुख शोम शर्माका अनुसार प्रदेश अध्यक्ष रामअवतार यादवको संयोकत्वमा प्रतिनिधि छनोट तथा व्यवस्थापन समिति, प्रदेश उपाध्यक्ष रेवती पन्तको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको छ ।

Sponsored

त्यस्तै कमलकिशोर चौधरीको संयोजकत्वमा स्वयम सेवक परिचालन समिति, शिवशंकर साह हिराको संयोकत्वमा खाद्य व्यवस्थापन समिति, मोहम्मद कायथको संयोकत्वमा आवास व्यवस्थापन समिति र प्रचार विभाग प्रमुख शर्माको संयोकत्वमा प्रचार प्रसार समिति गठन गरिएको जनाएको छ ।

यस्तै पोलिटव्युरो सदस्यहरु लिलानाथ श्रेष्ठ, जुली महतो र अच्युत मैनाली रहेको प्रतिनिधि छनोट, व्यवस्थापन तथा सुपरिवेक्षण अनुगमन समिति समेत गठन गरिएको प्रचार विभाग प्रमुख शर्माले बताए ।
उनका अनुसार अगामी असोज ११ गते अधिवेशनको मूलनारा सहितको व्यानर र लोगो सार्वजनिक गरिने छ ।

अधिवेशनबाट दलित, आदिवासी जनजाती, महिला, युवासहितका कलस्टर र विधिभन्न जनवर्गीय संगठनबाट प्रतिनिधित्व हुने गरी २३५ सदस्य प्रदेश कमिटी चयन गरिने शर्माले बताए ।
अधिवेशनका लागि १५० स्वयम सेवक र ५० जना परिवेक्षक खटाइने छ । जनकपुरको महेन्द्रनारायण निधि प्रतिष्ठान भवनको प्रांगणमा अधिवेशनको उद्घाटन सत्र असोज २४ गते गर्ने एमालेको तयारी छ । एमाले अध्यक्ष केपी शर्मा ओलिले गर्ने कार्यक्रम तय भएको शर्माले बताए ।

Sponsored

शर्माका अनुसार अधिवेशनका लागि आठवटै जिल्लामा रहेको करिब ६० हजार सक्रिय सदस्य मध्येबाट एक हजार अधिवेशन प्रतिनिधि छनोट गरिने छ । असोज १३ गते मधेश प्रदेशको १३६ वटै पालिकामा मनोनयन दर्ताको कार्यक्रम एमालेले राखेको छ ।

गत भदौ १९ गते बर्दिबासमा बसेको मधेश प्रदेश कमिटीले असोज २४ गतेको अधिवेशनको मिति तय गरेको थियो । केन्द्रीय समितिले असोज ५ र ६ गते नै तोकेपनि तयारी हुन नसकेपछि प्रदेश कमिटीले समन्वय गरी असोज २४ गतेका लागि सार्ने निर्णय गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *