TodayPati

विद्यालयमा पठनपाठन सुरु गर्न वीरगञ्ज महानगरको निर्देशन

टुडेपाटी-
जनकपुरधाम, असोज ४ गते ।

पर्साको वीरगञ्ज महानगरपालिकाले शिक्षकहरुलाई यथासिघ्र पठनपाठन गराउन निर्देशन दिएको छ ।
काठमाडौं भइरहेको शिक्षक आन्दोलनले विद्यालय शिक्षा प्रभावित बनेको भन्दै वीरगञ्ज महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र पठनपाठन सुरु गर्न निर्देशन दिएको हो ।

बालबालिकाको नियमति रुपमा सिकाइ प्रक्रियामा सहभागी हुन पाउने अधिकार वञ्चित भएको भन्दै महानगरले तत्काल पठपाठन गर्न शिक्षकहरुलाई निर्देशन दिएको हो ।

Sponsored

बालअधिकार प्रति संवेदनशील र जिम्मेवारी हुन आग्रह गर्दै वीरगञ्जले अन्यथा प्रधानाध्यापकहरु नै जिम्मेवार हुने भन्दै चेतावनी समेत दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *