TodayPati

एसईईको ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक

टुडपाटी-
जनकपुरधाम, असोज ४ गते ।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको अनुसार ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको छ ।

कार्यालयले साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी भएका थिए ।

Sponsored

ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले १५ दिनभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ वा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० मा निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

प्रकाशित नतिजामा प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भइ नतिजा प्रकाशन हुन नसकेको भए एकाइको सिफारिसमा छ महिना भित्र यस कार्यालयमा निवेदन दिनुपर्ने बोर्डले बताएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *