मधेश प्रदेशः पिकअप भ्यान र मोटरसाइकलसहित ६ जना तस्कर पक्राउ
टुडेपाटी–
रौतहट, असोज ४ गते ।
प्रहरीले रौतहटमा २५ लाख भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान, एकथान पिकअप भ्यान र मोटरसाइकलसहित ६ जना तस्करलाई पक्राउ गरेको छ।
दीपावली तथा छठलाई लक्षित गरेर तस्करहरूले भारतीय बजारबाट ठुलो परिमाणमा किराना सामान तस्करीको माध्यमले भित्र्याइरहेका सूचनाको आधारमा उक्त सामान सहित ६ जना पक्राउ परेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए।
सीमावर्ती भारतीय बजार बरगिनिया , घोदासहन लगायत बजारबाट तस्करहरुले भन्सार छलेर माछा, आलु, प्याज, सुजी, चिनी, विभिन्न ब्राण्डका मदिरा, लगायत २५ लाख दुई हजार रुपैयाँको सामानसहित छुट्टाछुट्टै नाकाबाट प्रहरीले उक्त सवारी साधन तथा तस्करलाई नियन्त्रणमा लिएको एसपी श्रेष्ठले बताए।
बरामद सामान, सवारी साधन सहित मानिसलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Sponsored