मधेश प्रदेशः हतियारधारी समूहद्वारा घरधनीमाथि आक्रमण गरि लुटपाट
टुडेपाटी–
सर्लाही, असोज ४ गते ।
हतियारधारी समूहले सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा एक घरमा लुटपाट गरेको छ ।
बिहीबार बिहान २ बजेतिर लालबन्दी ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा लुटपाट भएको हो ।
मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ ।
लुटेरा समूहलाई प्रतिकार गर्दा ४५ वर्षीय ठाकुर घाइते भएका हुन् । उनको टाउकोमा चक्कु प्रहार भएको छ ।
घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
Sponsored
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिए ।
घटनास्थलबाट एक थान नल कटुवा पेस्तोल बरामद भएको उनले बताए ।