देशैभरका शिक्षक काठमाडौं पुगेर थाले आन्दोलन, पठनपाठन प्रभावित हुने
टुडेपाटी-
जनकपुरधाम, असोज ३ गते ।
देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलन थालेका छन् विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा भेला भएर सडक आन्दोलन सुरु गरेका हुन् । ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ पुगेका छन् ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरू विधेयकमा १८ बुँदे असहमति राख्दै आन्दोलन थालेका हुन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । महासङ्घको आन्दोलनले देशभरको पठनपाठन प्रभावित हुने भएको छ ।
शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त बनेको थियो ।
विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन शिक्षकहरुले आग्रह गरेका छन् ।
Sponsored