TodayPati

जनकपुरधामः एमालेले मनायो संविधान दिवस, तमलोपाले कालो दिवस

टुडेपाटी–
जनकपुरधाम, असोज ३ गते ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवस र कालो दिवस मनाइएको छ ।

नेकपा एमालेले जानकी मन्दिरमा पुगेर संविधान दिवस मनाएको छ भने तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले कालो दिवस मनाएको छ ।

Sponsored

२०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै तमलोपाले बुधबार बिहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा प्रदर्शन गरेको हो ।

जनकपुरधामको चोक–चोकमा कालो झण्डा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जनाए ।

उनले २०७२ सालमा संविधान जारी गर्दा मधेसमा ठुलो विरोध भएको भन्दै त्यतिबेला राज्यले नै प्रहरी प्रशासन लगाएर मधेसीको हत्या गरेको विरोधमा आफूहरुले अहिले प्रदर्शन गरेको बताए ।

Sponsored

यस्तै, नेकपा एमालेका नेताहरूले जानकी मन्दिरमा संविधान दिवस मनाएका छन् ।

एमाले नेताहरूले उपाध्यक्ष ईश्वर पोखरेल र सचिव योगेश भट्टराईको उपस्थितिमा विश्व प्रसिद्ध जानकी मन्दिरमा संविधान दिवस मनाएका हुन् ।

दिवसको अवसरमा उनीहरुले जानकी मन्दिरको सरसफाइ तथा वृक्षारोपण गरेका छन् । कार्यक्रममा पोखरेल र भट्टराईसहित सहभागी नेताहरूले राष्ट्रिय झन्डासँग सेल्फी समेत लिए ।

एमाले उपाध्यक्ष पोखरेलले वर्तमान संविधान उत्कृष्ट रहेकोले सबै नेपाली जनताले गर्व गर्नुपर्ने बताए । उनले भने,–‘जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो । त्यसैले सबैले गर्व गर्नुपर्छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *