प्रशिक्षक कर्णको नेतृत्वमा कराते संघ धनुषाको नयाँ कार्यसमिति गठन
टुडेपाटी-
जनकपुरधाम, भदौ २८ गते ।
प्रशिक्षक वीरेन्द्र कर्णको नेतृत्वमा नेपाल सितोरियो कराते संघ धनुषाको नयाँ कार्यसमिति गठन भएको छ ।
कर्णको अध्यक्षतामा संघको १२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
नवगठित धनुषा जिल्ला कार्यसमितिको उपाध्यक्षमा पृथ्वी मान लामा र शिवशंकर यादव रहेका छन् । त्यस्तै सचिवमा शुभाष कुमार शर्मा र सह(सचिवमा वाल्मीकि भगत चयन भएका छन् ।
तत्कालका लागि संघको कोषाध्यक्ष पद खाली राखिएको छ । सदस्यहरुमा भने निश्चल सिंह, रिया सिंह, दिपेन्द्र लाल कर्ण, ईसराफुल राईन, सुमित मिश्र, रोशन यादव र रमेश साह चयन भएका छन् ।
Sponsored