TodayPati

रेमी परियोजनाका कर्मचारीलाई क्षमता अभिवृद्धि सम्बन्धि ६ दिने तालिम

टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते ।

जनकपुरधाममा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुन: एकीकरण (रेमी) परियोजनामा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि ६ दिने तालिम प्रदान गरिएको छ । हेल्भेटास र रेमी परियोजनाको संयुक्त आयोजनामा मधेश प्रदेशका १० वटा पालिकामा जारी कार्यक्रममा खटिएका ६ जना रोजगार संयोजकसहित २६ जनालाई तालिम प्रदान गरिएको हो ।

विदेशबाट फर्किएका व्यक्तिलाई स्वदेशमै व्यवस्थित गर्न सामाजिक एवं आर्थिक एकीकरण गर्न सहज हुने उदेश्यले भदौ २१ गतेदेखि २६ गतेसम्म जनकपुरमा सिएमसी नेपालको प्रशिक्षकहरुले तालिम प्रदान गरेका छन् । तालिम मंगलबार सकिएको हो ।

Sponsored

नेपाल सरकार र स्वीस सरकारको बीचमा सम्झौता भइ मधेश र कोशी प्रदेशका १०-१० स्थानीय तहमा यो परियोजना संचालनमा छ । मधेश प्रदेशको  सप्तरीको  राजविराज नगरपालिका, सिरहाको मिर्चैया र सिरहा नगरपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका,  जनकनन्दनी र लक्ष्मीनिया गाउँपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकामा यो परियोजना सञ्चालनमा रहेको छ । परियोजना संचालन रहेको हरेक पालिकामा सामाजिक परिचालक २ जना र परिवार परामर्शकर्ता र रोजगार परामर्शकर्त एक-एकजना कार्यरत छन् ।

तमलिको उद्घाटन मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले गरेका थिए ।  श्रम तथा यातायात मन्त्रालयका सचिव रञ्जित यादवको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा परियोजनाकी टिम लिडर मधुशिका लाम्सकारा, उप टिम लिडर, रोशनी प्रधान, मधेश प्रदेशका संयोजक राकेश कुमार झा, कोसी प्रदेश संयोजक सपना थापा, मधेश प्रदेशका आर्थिक पुन: एकीकरण अधिकृत रिता विश्वास, सामाजिक पुन: एकीकरण अधिकृत रामकुमार कर्णको उपस्थिति रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *