TodayPati

प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक सञ्चालन गर्ने

टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।

प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक सञ्चालन गर्ने भएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले परिसर भित्रै ब्लड बैंक समेत सञ्चालन गर्ने निर्णय गरेको हो ।

ब्लड बैंकको भवन अर्कै काममा प्रयोग हुँदै जीर्ण हुन लागेको हुनाले त्यसको सुधार गरी अस्पतालले नै ब्लड बैंक सञ्चालन गर्ने निर्णय गरेको छ ।

Sponsored

समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले अस्पतालले आवश्यकतालाई ध्यानमा राखेर हाताभित्रै रहेको भवनमा आउने केही दिनभित्र ब्लड बैंक सञ्चालन गर्ने भनी निर्णय गरिएको बताए ।

केही वर्षअघि रेफर सेन्टरको रुपमा रहेको जिल्ला अस्पतालको अवस्थालाई सुधार गर्दै अघि बढ्दा प्रादेशिक अस्पताल बन्न सफल भएको प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र प्रसाद यादवले बताए । बिरामी राम्रो उपचार गर्दै जाँदा पहिलाको भन्दा चार गुणा बिरामीको सङ्ख्या र अस्पतालको अवस्थामा सुधार आएको उनको दाबी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *