TodayPati

पोषण अनुदानमा अनियमितता गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।

बाढी प्रभावित बस्तीका विपन्न परिवारलाई आर्यआर्जन र पोषणकालागि वितरण गरिएको अनुदानमा अनियमितता गर्ने कर्मचारी कारवाहिको माग गर्दै उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कल्स्टर इकाई जनकपुरधामले समूह बनाएर वितरण गरेको अनुदानमा कर्मचारीहरुले भ्रष्टाचार गरेको भन्दै महोतरीको पिपरा गाउपालिकाका उपभोक्ताहरुले आइतबार प्रदर्शन गरेको हो ।

अनुदानमा बाख्रा वितरण, मसला मिल सञ्चालन, विउ विजन बितरणमा कर्मचारीले भ्रष्टाचार गरेको स्थानीहरुले आरोप लगाएका छन् । समूहबाट खाली चेक लिने, समूहका सदस्यहरुले आफै किन्नुपर्ने बाख्रा कर्मचारीले सप्लायर्सबाट खरिद गर्ने र मापदण्ड विपरितका बाख्रा खरिद गरेको, समुहमा २५ जनालाई बाख्रा दिनु पर्नेमा १५ जनालाई मात्रै बाख्रा दिएर आयोजनाका कर्मचारी भ्रष्टाचार गरेको पिपरा–१ खैरवास्थित सिता तरकारी कृषक समूहका अध्यक्ष रामनरायण यादवले बताए ।

Sponsored

कार्यालय प्रमुख सुकेश्वर झा, अधिकृतहरु रितेश झा, विवेक अयार्य र जागेश्वर महतोलाई कारवाहिको माग गर्दै महोतरीको पिपरा स्थित आयोजनाको सम्पर्क कार्यालयमा स्थानीयहरुले ताला समेत लगाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *