विपी कोइरालाको जन्म जयन्तीमा जनकपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, भदौ २३ गते ।
स्वर्गीय नेता विपी कोइराला को ११०औं जन्म ज्यन्तीको अवसरमा नेपाली कांग्रेसको स्वास्थ्य विभागले जनकपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शनिबार जनकपुरधाम उपमहानगरपालिका १५ स्थित वडा कार्यालय / डिहवार स्थानमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
शिविरमा ५ सय ५० जना भन्दा बढीले विभिन्न परीक्षण तथा उपचार गराई लाभ लिएका छन् ।
जनकपुरको गोदावरी मोर्डन टिचिंग अस्पतालले ल्याब, USG , ECG जस्ता सेवा दिएको थियो । शिविरमा डा. अशोक अधिकारी , डा.अश्वनी कुमार झा, डा. देव नारायण साह, डा. मितु झा, डा. कुमार सम्भव, डा. मनिषा भारद्वाज, डा. शशी भुषन ठाकुर , डा. मिशा महासेठ, डा. बिपिन यादव , डा. अमित यादव, डा. श्रीराम शर्मा , डा. सुरेन्द्र कर्ण लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
विभागमका उपसंयोजक डा. सज्जन ठाकुर को अध्यक्षतामा तथा मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहज्यूको प्रमुख आतिथ्यमा भएको शिविरमा विशिष्ट अतिथिका रुपमा मधेश सरकारका पुर्व भौतिक पुर्वाधारमन्त्री राम सरोज यादव रहेका थिए ।
जनकपुरधाम उप महानगरपालिकाका मेयर मनोज साहको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा जवाहरलाल नेहरु वपश्वविद्यालयका प्रो. डा. आनन्द कुमारको समेत उपस्थिति थियो ।
Sponsored