TodayPati

दर्जनौको संख्यामा पुगेर नेकपा र काँग्रेसले भंगहा नपमा बुझायो ज्ञापन

टुडेपाटी-
महोत्तरी, बैशाख २८ गते ।

भंगहा नगरपालिका कार्यालयमा नेकपा र नेपाली काँग्रेसले विभिन्न विषयलाई लिएर संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । लकडाउनमा खान लाउन समस्या भएका विपन्न परिवारलाई परिवारिक संख्याको आधारमा राहत प्याकजको व्यवस्था गर्नुपर्ने, नगरपालिका भित्र जग्गाको दररेट कायम गर्नुपर्ने, रातो खोला उत्खनन रोक्नु पर्ने लगायतको माग गर्दै नेकपा र काँग्रेसले संयुक्त ज्ञापन रुपमा पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन नेकपाका भंगहा नगर संयोजक मुकुन्द दहाल र काँग्रेसका नगर कमिटि प्रतिनिधि रुपनारायण सिंहको नेतृत्वमा झण्डै एक सय नेता कार्यकर्ता एव सर्वसाधारण पुगेका थिए ।

Sponsored

कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन गरेको छ । साथै कुनै पनि कार्यमा समाजिक दुरी कायम गर्न र भीडभाड नगर्न नियम लगाएको छ । तर ज्ञापन पत्र बुझाउन जाँदा समाजिक दुरी समेत पाल्ना नगरी नगरपालिका कार्यालय अगाडी जम्बो भीड लगाएका थिए । नगरपालिका कार्यालयको सयमिटर मात्र दुरीमा भंगहा प्रहरी चौकी रहेको छ । तर त्यहाँ प्रहरीहरु समेत मुकदर्शक बनेको स्थानीयहरुले बताएका छन् ।

यता नेकपाका नगर संयोजक मुकुन्द दहालले यथासिघ्र स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने जनताको जुनुन समस्याहरु सहित ज्ञापन पत्र बझाएको बताए । तर लकडाउनको उलंघन र समाजिक दुरी किन पालना गर्नु भएन भन्ने पश्नमा उनले गाउँहरुबाट समाजिक दुरी पाल्ना गरेरै नगरपालिका कार्यालय आएको तर नगरपालिकामा बस्ने व्यवस्था नहुँदा भीड भएको स्वीकार गरे ।
यता मेयर संजिव साहले ज्ञापन पत्र बुझाउनु जायय भएपनि केहि व्यक्तिले मात्र प्रतिनिधित्व गर्दा समेत हुने ठाउँमा लकडाउनको बेला संयौंको भीड जम्मा गराइ नेतृत्व कर्ताको गैरजिम्मेबारी भएको प्रतिक्रिया दिए । कतै भीड लगाउन नभनेको बेलामा नगरपालिका कार्यालयमा संयौं व्यक्तिलाई कहाँ बस्ने व्यवस्था गर्ने भन्दै उनले ज्ञापनपत्र बुझाउन आएका नेताप्रति प्रश्न तेर्साएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *