TodayPati

सप्तरीका कोरोना संक्रमित युवक चितवनबाट आएको खुलासा

टुडेपाटी-

जनकपुरधाम, वैशाख २९ गते ।

सप्तरीका कोरोना भाइरस संक्रमित युवक चितवनबाट आएको खुलेको छ ।

Sponsored

सोमबार सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमित युवक वैशाख ९ गते चितवनबाट आएको खुलेको हो । चितवनबाट उनीसहित १३ जना ट्रकमा सप्तरी आएको प्रदेश २ का सामाजिक विकास मन्त्रालय सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनीहरुलाई सप्तरीको क्वारेन्टाइनमा राखिएको थियो । चितवनबाट आएका १८ वर्षीय युवक कोरोना संक्रमण पुष्टि भएपछि युवकसँगै आएका अन्य व्यक्तिहरु सहित उनका परिवारजनको स्वाब संकलन गर्ने काम सुरु भएको सचिव डा. घिमिरेले बताए ।

Sponsored

संक्रमण पुष्टि भएका युवकलाई उपचारको लागि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा लगिएको सचिव डा. घिमिरेले बताए । संक्रमित युवाको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको डा. घिमिरेले जानकारी दिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारीका अनुसार ट्रकबाट आएका १३ जना मध्ये ७ जनाको स्वाब परीक्षण हुँदा एक जनाको पोजेटिभ र ६ जनाको रिपोर्ट नेगेटिभ आएको हो।

त्यस्तै ६ जनाको परीक्षण हुन बाँकी रहेको छ। संक्रमित युवा चितवनको सौराहाको गबइमा लेबरको रुपमा काम गर्दै थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *