काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट उनी घाइते भएका छन् ।
काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।
घाइते यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एकजनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुशीलबाबु सापकोटा रहेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।
Sponsored