TodayPati

मधेश प्रदेशमा पार्टी बलियो बनाउन लोसपाले वडासम्म समिक्षा र सुधार अभियान चलाउने

टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केन्द्रदेखि वडा तथा वुथ कमिटीसम्म पार्टीको संगठन सुदृढीकरण गर्न समिक्षा र सुधार अभियान चालाउने भएको छ । बर्दिबासमा बसेको लोसपा मधेश प्रदेशको विस्तारित बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो ।

आज जाकपुर पार्टी कार्यालयमा लोसपाले पत्रकार सम्मेलन आयोजना गरी मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले संगठन चुस्त दुरुस्त बनाउन सुरक्षा र सुधार अभियान चलाउने निर्णय भएको बताए । बैठकले केन्द्रीय समिति विस्तार गर्ने पनि छलफल भएको उनले बताए ।

Sponsored

संशोधित नागरिकता विधेयक पारित भएर जन्मसिद्धका सन्तानले नागरिकता पाएपनि नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउने समस्या भइरहेको सोनलको भनाइ छ ।
सरकारले अविलम्ब नियमावली बनाएर आमाको नामबाट नागरिकता बनाउने व्यवस्था गर्नु पर्ने उनले बताए ।

त्यस्तै संघीयता आएको लामो समय भएपनि संघीय सरकारले प्रहरी समायोजन नगर्दा प्रदेश सरकार शान्ति सुरक्षा दिन नसकेको बताए । ‘प्रहरी समायोजन ऐन पारित, प्रमाणिकरण भएको लामोसमय भयो । तर अझै सम्म कार्यान्वयन भएको छैन’ अध्यक्ष सोनलले भने ‘अविलम्ब प्रहरी समायोजन गरी संघीयता कार्यान्वयनमा प्रचण्ड सरकार एक कदम अगाडि हुनुपर्छ ‘
मधेेशमा चुरे विनाशले निम्तेको मरभूमिकरणलाई अविलम्ब तीनै तहको सरकार चुरे संरक्षण र मरभूमिरणबाट बच्ने थाई प्रकृतिको समाधान गर्नु पर्ने उनले बताए ।
मिटरब्याज कानुन आउँदा प्रशासन र नक्कली पीडितले अराजकता मचाएको भन्दै उनले आक्रोश पोखे । यसमा प्रशासन कानुन विधि बमोजिम लाग्नु पर्ने उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *