TodayPati

मधेशका मुद्दा जिउँदै छ : महन्थ ठाकुर

टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा जिउँदै रहेका बताएका छन्।

सोमबार महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेश प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Sponsored

पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पु¥याउन पर्ने उनको भनाइ छ ।

‘हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्’, अध्यक्ष ठाकुरले भने, ‘यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन।’

अझै मधेश आन्दोलनताका खडा गरिएका झुठा मुद्दामा आफ्ना कार्यकर्ताले मुद्दा खेपिरहेका उनले बताए। कार्यक्रममा अध्यक्ष ठाकुरले अब लोसपा बस्तीबस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धि र अझै लड्नुपर्ने अधिकारका बारेमा जागरुक बनाउन लाग्नुपर्ने उल्लेख गरे।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *