TodayPati

मधेश प्रदेश : मुख्यमन्त्रीलाई नेपालको जर्सी हस्तान्तरण

टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।

मधेश प्रदेशका मुख्यमंत्री सरोजकुमार यादवलाई नेपाल टीमको जर्सी हस्तान्तरण गरिएको छ ।

सोमबार मधेश भवन पुगेर मधेश प्रदेश क्रिकेट टीमका कप्तान हरिशंकर साहले जर्सी हस्तान्तरण गरेका हुन्।

Sponsored

आज एसिया कप अन्तर्गतको श्रीलंकामा नेपाल – भारतबीच हुने म्याच हुने छन् । सो खेल मुख्यमंत्री यादवले उक्त टिसर्ट लगाएर हेर्ने छन् ।

खेलाडीहरूको मनोबल बढाउन र खेलको माहौल थप राम्रो बनाउने उद्देश्यले जर्सी हस्तान्तरण गरिएको कप्तान साहले बताए ।

आजको खेल हेर्नको लागि दिउँसो २ बजे देखि जनकपुरधाम उपमहानगरपालिकाले विदा दिने सूचना समेत जारी गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *