TodayPati

भट्टीबाला मिटरब्याजीले ऋणी आमा छोरालाई घरबाट तानेर निर्घात कुटपिट गरेको आरोप

टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।

सबैलामा दलित आमा छोरामाथि कुटपिट तथा अभद्रव्यवहार भएको छ । रक्सी भट्टी संचालक रामचन्द्र जयसवाल पक्षले सबैला नगरपालिका ३ बस्ने ५४ वर्षीया कौशिल्या देवी दास र उनका छोरा २१ वर्षीय भरोषी दासमाथि निर्घात कुटपिट गरेको आरोप छ ।

गत भदौ १५ गते राती ९ वजे जयसवालको दारु भट्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायत ७÷८ जनाको समुहले आक्रमण गरी निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । कोशिल्याक अनुसार जयसवाल मिटरव्याजी हुन् । उनीसँग छोरीको विवाह गर्न ५ लाख ऋण लिएकोमा दुइ वर्षमा ५ लाख फिर्ता गरेपनि जयसवालले पुनः ७ लाखको तमसुक बनाएको कोशिलाले बताइन् । सोही कर्जा तिर्न हाल बसेको घडेरी बेचेर ऋणतिर्नुको साथै अर्को ठाउँमा सस्तोमा जग्गा खरिद गरी घर बनाएर बस्ने कौशिल्याको योजना छ । तर जयसवालले सो जग्गा आफूलाई ऋण बापत दिन केही दिनदेखि दबाब दिइरहेको पीडितको भनाइ छ ।

Sponsored

तर सो जग्गा दिन कौशिल्या तयार छैनन् । सोही विषयमा सबैला बजारमा कौशल्याकी छोरा भरोषीसंग जयसवालको भानाभन भएको थियो ।

त्यसपछि जयसवालको योजनामा उनको दारुभट्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास र अन्य तीन जना समेत गरि ७÷८ जनाको समुहले छोरा भरोषीलाई घरबाट तानेर सडकमा लछारपछार गरी निर्घातकुटपिट गरेको कौशल्याले बताइन् । छोरालाई बचाउन जाँदा जयसवालले लात खुट्टाले तल्लो पेट पेरुमा प्रहार गरेको र रक्तश्राव भई आफू बेहोस भएको पीडित कौशल्याले पीडा सुनाइन् । स्थानीयले पनि कौशल्या र उनका छोरामाथि निर्घात कुटपिट तथा अभद्रव्यबहार भएको बताएका छन् ।

घटना लगतै इलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरीहरु घटनास्थल पुगेको थियो । प्रहरीले उपचारको लागि आमा छोरालाई जनकपुर पठाएको थियो । तर कुटपिट गर्नेहरुलाई भने पक्राउ गरेनन् । पीडितका अनुसार प्रहरीहरु सोही भट्टीमा खानपिन गर्ने गरेको कारण जयसवाल र कुटपिट गर्नेलाई पक्राउ नगरेका हुन् ।
कौशल्याको कानमा लगाएको चार अनाको सुन, छोरी जिवछी कुमारीको चार अनाको मंगल सुत र कानमा लगाएको चार अना सुन गरि जम्मा १२ अना सुन र छोराको हातमा रहेको रेडमी मोबाइल समेत खोसिएको पिडित पक्षको दावी छ ।

Sponsored

यता इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक (सई) सुनकाजी तामांगले घटनाको बेला प्रहरी पुगेर उपचारको लागि आमा छोरालाई अस्पताल पुर्याएको बताए । तर, हालसम्म कसले कुटपिट तथा दुव्र्यबहार गरेको भन्ने मौखिक जानकारी तथा लिखित उजुरी समेत नपर्दा के कसो घटना भएको भन्ने पूर्ण जानकारी नरहेको तर्क गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *