TodayPati

जनकपुरमा १८ वर्षीया युवतीको रहस्यमय मृत्यु, ढाकछोप गर्ने प्रयास

टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।

जनकपुरधाममा एक युवतीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादव छन् ।
प्रहरीले आज दिउँसो उनको शव नियन्त्रणमा लिएको हो । कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भन्ने आमाकी बालिकाले बयान दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

तर स्थानीयले भने सरस्वतीको राति नै रहस्यमय मृत्यु भएको बताएका छन् । घटना ढाकछोप गर्ने प्रयास गरिरहँदा आज दिउँसो प्रहरीले खबर पाएपछि शव नियन्त्रणमा लिएको हो । एक छिमेकका अनुसार सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमै मृत्यु भएको छ ।

Sponsored

केही राजनीतिक दलका नेताको सहयोगमा घटनालाई दबाउने प्रयास भइरहेको एक छिमेकले बताए । पोष्टमार्टम रिपोर्ट नआएसम्म कसरी उनको मृत्यु भएको भन्न सकिने डिएसपी गौतमले बताए । यो विषयमा उनले सुरुमा घटना समान्य रहेको पनि भने । तर पछि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *