TodayPati

जनकपुरमा प्रशासनविरुद्ध मिटरव्याज पीडितहरुले गरे प्रदर्शन, जिल्ला प्रशासन घेराउ

टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।

जनकपुरधाममा मिटरव्याज पीडितहरुले प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले ८ सुत्रिय मागसहित प्रदर्शन गरेका हुन् ।

मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए । मण्डल कुट्टीबाट निस्केको जुलुस विभिन्न भागमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउत गरेका छन् ।

Sponsored

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
बिचोलियाको रूपमा काम गर्ने कर्मचारीलाई तत्काल छलफलबाट हटाउनु पर्ने, विभिन्न राजनितिक दल र जनप्रतिनिधिहरुको अनाव्यश्यक हस्तक्षेप बन्द हुनु पर्ने, दिएका उजुरीहरुलाई अदालत जमिन र समान्य लेनदेनका आधारमा वर्गीकरण गरी प्राथमिक्ताका साथ अदालत र जमिनका मुद्दालाई तत्काल बहस गर्नुपर्ने, छलफलको टेवल संख्या बढाउनु पर्ने र हरेक टेबलमा संघर्ष समितिका प्रतिनिधी अनिवार्य राख्नु पर्ने उनीहरुको माग छ ।

यस्तै तीनपटकसम्म बोलाउदा पनि नआउने सुदखोरहरुलाई गिरफतार गरी आवश्यक कार्यावाही गर्नुपर्ने, मिटरब्याजी कक्षमा पिडीतलाई धम्काउने डेराउने र पकाउने काम बन्द गर्नुपर्ने, मिटरव्याजीमाथि पिडीतको रकम र जग्गा अविलम्ब फिर्ता गर्नुपर्ने र मिटरव्याजी उपर कानुन बमोजिम अनुचित लेनदेन जाहेरी दरखास्त दर्ता गर्नुपर्ने लगायत ८ सुत्रीय उनीहरुको माग छ ।
मागहरु कार्यान्वयन नभएमा थप आन्दोलनको कार्यक्रम गर्ने संघर्ष समिति धनुषाका अध्यक्ष राजाराम यादवले चेतावनी दिए । त्यसबाट हुने क्षतिपूर्तिको जिम्मेवारी सम्बन्धित निकायले व्यहोर्नुपर्ने संघर्ष समितिका संयोजक विजय महतोले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *