TodayPati

मधेश प्रदेशः घाँटी काटी हत्या गरेको आरोपमा एकजना पक्राउ

टुडेपाटी–
सर्लाही, भदौ १७ गते ।

सर्लाही प्रहरीले एक भारतीय नागरिकको घाँटी काटी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

गत वैशाख २७ गते हरिपुर्वा नगरपालिका–१ मा भारतको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–९ का २७ वर्षीय सिकु कुमारको घाँटी काटी विभत्स रुपमा हत्या गरिएको थियो ।

Sponsored

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार बिहान लालबन्दी बजारबाट भारत सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–३ का २५ वर्षीय मनिष चौधरीलाई नियन्त्रणमा लिएको हो ।

यसअघि सोही ठाउँका २६ वर्षीय राजेश महतो सुढी समेत पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतमा व्यापारिक कारोबारका क्रममा एक अर्काबीच अविश्वास भइ मनमुटाव हुँदा सुढीले योजनावद्ध तरिकाले हत्या गर्न लगाएको खुलेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

Sponsored

हत्यामा संलग्न अन्य ३ जना भारतीय नागरिक अझै फरार छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *