TodayPati

सरकारले तीन दिन संविधान दिवस मनाउने

टुडेपाटी–
काठमाडौँ, भदौ १७ गते ।

सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका हुन्।

Sponsored

उनका अनुसार असोज २,३ र ४ गते विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ ।

असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन्।

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि बताए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *