TodayPati

मधेश प्रदेश : तस्करी गरि ल्याएको ३ ट्रक सामग्री प्रहरी नियन्त्रणमा

टुडेपाटी-
सर्लाही, भदौ १७ गते ।

सर्लाही प्रहरीले भारतबाट लुकिछिपी तस्करी गरी ल्याइएका तीन ट्रक सामग्री सर्लाहीको हरिवनबाट बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा किराना पसलका सामान ल्याएको सूचना पाएको प्रहरीले हरिवन बजारबाट ना ५ ख ७१८३, ना ५ ख १०८ र प्रदेश–२–०३–००१ ख ७३६६ नम्बरको तीनवटा ट्रक नियन्त्रणमा लिएको हो ।

Sponsored

ट्रकमा लोड गरी ल्याइएका दाल, चिनी, खानेतेल, मैदा, काजु, किसमिसलगायतका किराना पसलका सामान बरामद गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *