TodayPati

बालेनको कडा चेतावनी -‘सिंहदरवारमा आगो लगाइदिन्छु, याद राख चो.. सरकार’

टुडेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले संघीय सरकारप्रति कडा टिप्पणीसहित चेतावनी दिएका छन् ।
उनले आफ्नो महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् । त्यति मात्र होइन उनले सरकारलाई चोर पनि भनेका छन् ।

आज साँझ सामाजिक संजाल आफ्नो फेसबुकको भित्तामा मेयर बालेन्द्रले स्टाटस लख्दै यस्तो चेतावनी दिएका हुन् ।

Sponsored

‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार ।’ बालेनले लेखेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *