TodayPati

मधेश प्रदेश : स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ

टुडेपाटी-
सिरहा, भदौ १६ गते ।

सिरहा प्रहरीले स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार सिरहा नगरपालिका वडा नं. १७ माडर काली चौक स्थितमा प्रहरी चौकी खिरौना र ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिगएको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा भारतको जयनगरबाट नेपाल तर्फ आउदै गरेको बिआर ७ सि ४२२४ नम्बरको  कारलाई रोकी चेकजाँच गर्दा दुईजनालाई रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

पक्राउ पर्नेमा कार चालक सिरहा नगरपालिका वडा नं.१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव र वडा नं. ७ हेमनारायण चौक बस्ने ४२ वर्षीय संजय कुमार साह रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।

कारलाई चेकजाँच गर्दा कारको आगाडीको सिट मुनीको भागमा घर्रा जडान गरी घर्रा भित्र कालो प्लास्टिकमा लुकाई छिपाई ल्याएको स्रोत नखुलेको ४४ लाख नगद बरामद गरिएको हो ।

प्रहरीले बरामद गरेको रकमसहित गाडी र चालकलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय,ईटहरी बुझाउने तयारी भईरहेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *