लालबन्दीमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को तयारी
क्षितिज विश्वकर्मा-
लालबन्दी , भदौ १५ गते ।
सर्लाहीको लालबन्दीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगरभेला सम्पन्न भएको छ । बिहिवार नगरपालिकाको पुरानो सभाहलमा सम्पन्न भेलाले माओवादीले भदौ १६ गत्तेबाट संचालन गर्न लागेको ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लाई सफल पार्नका लागी तयारी गरेको हो ।
भेलाले लालबन्दी नगरको १७ वटै वडामा कार्यक्रम संयोजक तोकेको छ । माओवादी केन्द्रको लालबन्दी नगर कमिटिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्गा मगरले गरेका छन् । पार्टी केन्द्रिय सदस्य सिता दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लालबन्दी नगर कमिटिका पदाधिकारीहरु, वाईसियल केन्द्रिय सचिव समिर बराईली, पार्टबाट निर्वाचित जनप्रतिनिधिहरु, पार्टी नेताहरु राम बहादुर चौधरी, कृष्ण गौतम, केशव ढुंगाना लगाएतको आतिथ्यता रहेको थियो । कमिटिका सिमित पदाधिकारीको मात्रै उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथी सिता दाहालले कार्यक्रमको औचित्यको बारेमा प्रस्ट्याएकी थिइन् ।
नेता कृष्ण गौतम, देव नारायण महतो, राजु बुडाथोकी, कमला सेवासहित ७ जनाको अनुगमन समिति समेत बनाईएको कार्यक्रममार्फत १७ वटै वडाका लागी कार्यक्रम संयोजक तोकिएको छ ।