TodayPati

बरिष्ठ पत्रकार नेपालीको अन्त्येष्टि, मुख्यमन्त्रीसहितले दिए श्रद्धान्जली

टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।

बरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी राजेश्वर नेपालीको अन्त्येष्टि गरिएको छ । पत्रकार नेपालीको जनकपुरधामको नगर परिक्रमा गराई आज दिउँसो हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।
उनलाई जनकपुरको बेला पुल नजिक रहेको आफ्नै जग्गामा अन्त्येष्टि गरिएको छ । दागवती उनका छोरा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडाध्यक्ष समेत रहेका राघवेन्द्र साहले दागवती दिएका हुन् ।

उनलाई अन्येष्टि स्थलमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेकपा एमालेका सचिव रघुवीर महासेठ, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो लगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

Sponsored

जीवनको उत्तरार्द्धमा जेलनेल बिताएका उनलाई सेना र प्रहरीको यातनाको चोटले शरीर हिँडडुल र उठबसमा कष्टकर भएपछि थालिएका नेपालीको आइतबार साँझ ८ः०५ बजे निधन भएको थियो । उनी प्रोस्टेट क्यान्सरबाट समेत पीडित थिए । नेपालीको निजी निवास जनकपुरधाम उपमहानगरपालिका–२३ लादोबेलास्थित निवासमा निधन भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *