मिथिला नगरपालिकाको नगरसभाविरुद्ध परेको रिट उच्च खारेज
टुडेपाटी-
जनकपुरधाम, भदौ ११ गते ।
मिथिला नगरपालिकाले सम्पन्न गरेको नगरसभाबिरुद्ध परेको रिट उच्च अदालत जनकपुरले खारेज गरेको छ ।
मिथिला नगरपालिकाको नगरसभा बिरुद्ध परेको रिट उच्च अदालत जनकपुरका न्यायधिशद्वय रेखा थापा पाण्डे र सागर विष्टको संयुक्त इजलाशले खारेज गरेको छ । नगरसभा बिरुद्ध उपप्रमुख सुनिता सिंह बुढाथोकीले गत साउन १६ गते उच्च अदालत जनकपुरमा रिट निवेदन दिएकी थिइन् ।
मिथिला नगरपालिकाले गत साउन १५ गते बहुमत कार्यपालिका सदस्यहरुको सहमतिमा निति तथा कार्यक्रम पारित गरेको थियो । यद्यपि एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि नगरसभामा सहभागी नहुँदै नगरसभा बिरुद्ध उच्च अदालत जनकपुर पुगेका थिए ।
उच्च अदालतले मिथिला नगरपालिकाको नगरसभालाई सदर गरेसंगै नगरपालिकाको कामकाज सुचारु हुने भएको छ । मिथिला नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१का लागि ७८ करोड २ लाख ६ हजार ७ सय २७ रुपैयाँको बजेट ल्याएको छ ।
Sponsored