मधेश प्रदेशः उपमेयरमाथि कुटपिट
टुडेपाटी–
बारा, भदौं ३ गते ।
बाराको पचरौता नगरपालिकाकी उपमेयर नासिमा खातुनमाथि कुटपिट भएको छ।
शनिबार एक समूहले उनकै घरमा छिरेर उनलाई र उनका श्रीमान् नेवाजी अन्सारीमाथि कुटपिट गरेका हो।
नगरपालिका मेयर जलन्धरसिंह जैसवारले २ नम्बर वडाका वडाध्यक्ष मनोज यादवको समूहले साँझ साढे ७ बजेतिर उपमेयर खातुनको घरमा गएको र उनीमाथि कुटपिट गरेको बताए।
कुटपिटबाट खातुन र उनका श्रीमान घाइते छन्। उनीहरूको एलेक्स न्युरो अस्पतालमा उपचार भइरहेको नगरप्रमुख जैसवारले जानकारी दिए।
यता, बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले घटना सामान्य भएको बताए। उनले दुई पक्षबीच भएको सामान्य झडप रहेको कुटपिट नभएको बताए ।
Sponsored
झडपमा वडाध्यक्ष पाण्डेको संलग्नता नरहेको पनि एसपी बोगटी बताउँछन्। अस्पतालले सामान्य चोटपटक लागेकालाई पनि आइसियूमा राखेको उनले बताए।
उनले भने, ‘यहाँका अस्पताल त्यस्तै छन्, सामान्य बिरामीलाई पनि आइसियुमा राखिदिन्छन्’ उनले भने।
घटनाबारे अहिलेसम्म प्रहरीमा उजुरी नआएको बोगटीले बताए।
जैसवारका अनुसार वडाध्यक्ष यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवका भान्जा हुन्। उपराष्ट्रपति रामसहाय प्रसाद यादवदेखि जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्रीसम्म मनोजको सिधा पहुँचको भएकाले प्रहरीले समेत उनको संरक्षण गरेका जैसवार बताउँछन्।
मेयर जैसवारका अनुसार यसअघिका कैयौं घटनामा वडाध्यक्ष यादवविरूद्ध जाहेरी लिएर गए पनि एसपी बोगटीले जाहेरी दर्ता गर्न नदिएको बताउँछन्।