प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत कर
टुडेपाटी–
काठमाडौँ, भदौ ३ गते ।
प्याज निर्यातमा भारतले ४० प्रतिशत कर लगाएको छ।
शनिबार सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो।
यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ।
मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात हुन्छ।
Sponsored