TodayPati

मधेशका मुख्यमन्त्री सरोज यादवको दुईवटा औंलाको अपरेसन

टुडेपाटी-
जनकपुरधाम, भदौ २ गते ।

मधेश प्रदेशकम मुख्यमन्त्री सरोजकुमार यादवको दायाँ हातको दुईवटा औंलाको अपरेसन भएको छ । शनिबार काठमाडौंको ग्राण्डी अस्पतालमा उनको औंलाको अपरेसन गरिएको हो ।

कान्छी औंला छेउको दुईवटा औंलामा करिब ७ वर्षदेखि समस्या थियो । ‘विस्तारै विस्तारै अलि बढी नै मोडिदै गएको थियो । दुखाई पनि बढी नै हुन थालेपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराएको हुँ’ मुख्यमन्त्री यादवले टुडेपाटीसंग भने ।
उनलाई केहिदिन आराम गर्न चिकित्सकले सल्लाह दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *