बिहारमा घरमै पसरेर एक पत्रकारको गोली दागेर हत्या
टुडेपाटी–
जनकपुरधाम, भदौ १ गते ।
मधेश प्रदेशको सीमावर्ती भारतको बिहार राज्यको अररिया जिल्लामा एक पत्रकारको गोली हानी हत्या गरिएको छ ।
बिबिसी हिन्दीका अनुसार हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहानै घरभित्र पसेर अज्ञात गोली हानेका हो ।
चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएको र उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएको अररियाका एसपी अशोककुमार सिंहले समाचार एजेन्सी पिटिआईसँग भनेका छन् ।
गोली लागेका विमलको घटनास्थलमै मृत्यु भएको छ ।
सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । उक्त हत्याका एकमात्र साक्षी विमल थिए । विमललाई अदालतमा बयान फेर्न धेरै पटक दबाब आएको थियो ।
Sponsored