TodayPati

मधेश प्रदेशः सडक डिभिजनका लेखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी–
जनकपुरधाम, साउन ३२ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसमाग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटेको टोलीले उनलाई सेवाग्राहीबाट रु १ लाख लिइसकेको अवस्थामा असार २६ गते नियन्त्रणमा लिएको थियो ।

Sponsored

अनुसन्धानको क्रममा पोखरेलले सडकको निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु १ लाख घुस माग गरी लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो १ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *