जनकपुरका व्युटीपार्लर र होटेल व्यवसायी ठगिएको आरोप, आरोपित भन्छन् ‘चरित्र हत्या गर्न खोज्यो,
टुडेपाटी-
जनकपुरधाम, साउन ३१ गते ।
‘एलो बुक’ मा विज्ञापन गर्ने प्रलोभनमा ठगीमा परेको जनकपुरका केही व्यवसायीले आरोप लगाएका छन् । बुधवार जनकपुुरधामका करिब एक दर्जन ब्युटिसियन र होटल व्यवसायीले पत्रकार सम्मेलन गरी नेपाल गञ्जका सिमरजित सिंह र काठमाडौंकी कविता प्रसाईले आफूहरुबाट लाखौं ठगी गरेको आरोप लगाएका हुन् ।
‘एलो बुक’ एलो पेजमका एक व्यवसायीबाट न्युनतम १० हजारदेखि अधिकतम ८ लाख रुपैयाँसम्म रकम असुलेर दुबैजना फरार भएको उनीहरुको आरोप छ ।
‘एलो बुक’ एलो पेज टुरिजम बुक नामक पुस्तक प्रकाशन गर्ने, पुस्तकमा जनकपुरधामको पर्यटनको केन्द्र, जानकी मन्दिरको गरिमा, घुम्नैपर्ने स्थान सहितका विवरण हुने र सोहि पुस्तकमा यहाँका पार्लर र होटलको विज्ञापन प्रकाशन हुने नाममा दुबैजना पैसा असुलेर सम्पर्क विहीन भएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
प्रसाँईकी छोरीको नाउँमा रहेको नेक्सया एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भीसेज नामक संस्थाको कागजातको आधारमा दुवैजनाले रकम असुलेको रसिद उनीहरुसंग छ ।
जनकपुरको भ्रमरपुराचौक स्थित बिरयानी हाउसका सञ्चालक रघुनाथ पण्डितले आफूसंग आठ लाग रुपैयाँ ठगिगरेको गुनासो सुनाए ।
त्यस्तै लुमिनस ब्युटिपार्लरकी संचालिका गिता पौडेलले आफूसंग १ लाख १० हजार ठगी गरेको बताइन् । विज्ञापन र पटक पटक सापटीसमेत गरी मोबाइल व्यांकिग सेवाबाट रकम पठाइदिएको उनले मोबाइल व्यांकिनमा पठाएको एसएमएस समेत देखाइन् ।
जनकपुरधाम पुग्ने आगन्तुकका लागि किताब अति महत्वपुर्ण बताउँदै उनीहरुले त्यसमा विज्ञापन राख्दा फाइदै फाइदा हुने प्रलोभनमा दुबैजनाको ठगिजालमा आफूहरु परेको गुनासो गरिन् ।
यस्तै सिमरन, मधु, बन्दना र श्रृङ्गार ब्युटिपार्लरहरुबाट क्रमश १२ देखि १४ हजारका दरले असुलेका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघकी उपाध्यक्ष समेत रहेकी जिन्नी ब्युटि पार्लरकी सञ्चालिका दिपिका राय आफू समेत ठगीमा परेको गुनासो गरिन् ।
पैसा उठाउने समरजित सिंह सम्पर्कबिहीन भएको उनीहरुको आरोप छ । सम्पर्कमा रहेकी प्रसाइले आफूलाई सिमरजीतसंग सम्पर्क नरहेको बताएकी तर, दुबैजना संगै भएको समाजिक संजालमा भिडियो देखेपछि व्यवसायीले सम्पर्क गरेका थिए । तर प्रसाइले जे मन लाग्छ गर्नुस् भनेपछि आफूहरु ठगीमा परेको पौडेलले बताइन् ।
दुबैजना नेपालगंज र देशका अन्य सहरमा पनि यस्तो गतिविधि गरिरहेको चाल पाएर अरुपनि नठगियोस् भनेर पत्रकार सम्मेलन गरेको उनीहरुको भनाई छ ।
पिडितहरु दुबैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी उजुरी दिएका छन् ।
यता समरजीत सिंहले आफूले कसैको ठगी नगरेको दावी गर्दै पुस्तक निकाल्ने प्रकृयामा रहेको बताए । ‘म सबैको सम्पर्कमै छु । पुस्तक निकाल्न समय लाग्छ । त्यसमा पनि ५÷६ सय पेजको पुस्तक निकाल्ने हाम्रो योजना छ । तर आर्थिक संकटको कारण निकाल्न अलि ढिलाई भएको हो’ उनले भने ‘मैले पहिला पनि बुक निकालेकै हुँ । त्रकार सम्मेलन गरेर मेरो चरित्रहत्या गर्नेहरुमाथि मुद्दा हाल्छु ।’
Sponsored
उनले भने जसरी ३०/३५ लाख रुपैयाँ धेरै मानिसहरुसंग उठाएको भन्ने आरोप गलत रहेको दावी गरे । ‘जनकपुरमा केही ब्युटी पार्लर र होटेलसंग मात्रै पैसा विज्ञापन बापत पैसा लिएको छु । काम पनि हुने प्रक्रियामा छ’ सिंहले भने ‘केही व्यवसायी रिसबीको कारण मरो चरित्रहत्या गर्न खोज्यो । बिरियानी हासउसका संचालकसंग मात्र १ लाख ८० हजार लिएको । तर आठ लाख लिएको कुरा गलत छ ।’