TodayPati

विष्णुपुर गाँउपालिकाका दुईजना कर्मचारी पाँच लाख घुससहित अख्तिायरको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, साउन ३१ गते ।

सप्तरीको विष्णुपुर गाँउपालिकाका दुईजना कर्मचारी पाँच लाख घुससहित अख्तिायरको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा गाँउपालिकाका कम्प्युटरअपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव छन् ।

Sponsored

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेको जनाएको छ ।

सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *