TodayPati

जनकपुरधामको मेयरमा पराजित अनिता बनिन् संघीय सरकारको मन्त्री

टुडेपाटी–
जनकपुरधाम, साउन २९ गते ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा जमानत समेत बँचाउन नसकेकी अनिता देवी साह संघीय सरकारको मन्त्रीको रुपमा नियुक्त भएका छन् ।

डा सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुँदा समानुपातिक सांसद साहलाई पठाएको छ ।

Sponsored

अनिताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट मेयरको उम्मेदवार बनेकी उनी १ हजार ४३७ मत प्राप्त गर्दै सातौँ स्थानमा सीमित भएकी थिइन् ।

संघीय संसद्मा अध्यक्ष राउतसहित जनमत पार्टीका ६ सांसद छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *