TodayPati

मधेश प्रदेश : कांग्रेसद्वारा संचार तथा प्रचार प्रसार विभागमा १९ जना मनोनयन

टुडेपाटी-
जनकपुरधाम, साउन २५ गते ।

नेपाली कांग्रेसले मधेश प्रदेशमा संचार तथा प्रचार प्रसार विभागमा १९ जनालाई सदस्यमा मनोनयन गरेको छ।

पार्टीका प्रदेश सदस्य नितेशकुमार गुप्ता प्रमुख रहेका कांग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागमा ८ वटै जिल्लाको जिम्मेवारीमा १९ जनालाई मनोनयन गरिएको हो ।

Sponsored

सप्तरीमा उपप्रमुख जाल्पाना कुमारी सदार, सुधा देवी र ललिता साह, सिरहामा विनोद मण्डल र विदु सिंह, धजुषामा निरञ्जन साह र कमल साह, महोत्तरीमा सन्तोष सिंह र हदिस खुदार सदस्य छन् ।

यस्तै, सर्लाहीमम निकेश त्रिपाठी सदस्य सचिव र रोशन कुमार साह, रौतहटमा सागर हुमागाई, प्रभात कुमार झा  र राजेश्वर पाण्डे, बारामा सन्दीप यादव, सिकिन्द्र पसवान र अन्जली गुप्ता लाई मनोनयन गरिएको छ भने पर्सामा राहुल गुप्ता र निलिमा पौडल रहेका छन् ।

काँग्रेस मधेशका प्रमुख सचिव सन्तु प्रसाद यादवले पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन मधेश प्रदेशमा उनीहरुलाई  नियुक्त गरिएको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *