TodayPati

मधेश प्रदेश : बाढीले १५५ घरधुरी डुवानमा, ३ जना बेपत्ता

टुडेपाटी-
जनकपुरधाम, साउन २४ गते ।

मधेश प्रदेशमा सोमबारदेखि सुरु भएको अविरल वर्षाको कारण  १५५ वटा घरधुरी डुबानमा परेको छ ।

पर्सा, रौतहट र महोत्तरीमा खोलामा आएको बाढीका कारण घरहरु डुबानमा परेको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ ।

Sponsored

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार पर्सामा २०, रौतहटमा ७५ र महोत्तरीमा ६० वटा घरधुरी डुबानमा परेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ स्थित डोम बस्ति, रौतहटको फतुवाविजयपुर नगरपालिका वडा नं. ८ बुनियाँद गाँउ डुबानमा परेको छ ।

यस्तै, रौतहटकै दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोलमा बागमती खोलाको वाहव बढन गई बस्तिमा पानि पसेको र महोत्तरीको लोहारपट्टी नगरपालिका ५ डठौरा गाउँ र बलवा नगरपालिका ११ भगवतीपुर स्थितमा अविरल वर्षाको कारण रातु खोलामा पानीको बहाव बढ्न गई खोला रोक्नको लागि लगाएको तदबन्द १२ मिटर फुटेर भत्कँदा बस्तिमा पानी पसेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Sponsored

यस्तै, बाढी तथा डुबानका कारण २ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन् ।

रौतहटमा ११ र सर्लाहीमा ७२ जना गरी ८३ जनाको सकुशल उधार गरिएको प्रदेश प्रहरीले जनाएका छन् ।
बाढी तथा डुबानका कारण विभिन्न जिल्लाहरूमा सडकहरु समेत अवरुद्ध भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *