TodayPati

सरकार र गौर हत्याकाण्ड पीडितबीच ५ बुँदे सहमति, दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने

टुडेपाटी-

जनकपुरधाम, साउन २४ गते ।
सरकार र गौर घटनाका पीडितबीच पाँच बुँदे सहमति भएको छ । २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने पीडितहरुसित सरकारले सहमति गरेको हो ।

गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार भएको सहमतिको पहिलो बुँदामै घटनापछि दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

Sponsored

यसबाहेक शहीद स्मारक स्तम्भ बनाउने, उपचार तथा आर्थिक सहायताका लागि अनुरोध गर्ने र आन्दोलन स्थगित गर्ने पनि सहमति भएको छ । यो सहमतिले १७ वर्षदेखि न्यायको पखाईमा रहेका पीडितहरुमा थोरै भएपनि आश पलाएको छ भने जनता समाजवादी पार्टीका नेताहरुमा त्रास बढेको छ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *