TodayPati

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

टुडेपाटी-
काठमाडौँ, साउन १६ गते ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेशनले प्रत्येक १५/१५ दिनमा मूल्य अपडेट गरेर पठाउने गरेको छ ।

Sponsored

जस अनुसार कर्पोरेसनले मंगलबार नयाँ मूल्य सूची पठाएको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
हाल पट्रोलको मूल्य १६४ रुपैयाँ छ।

यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ।

Sponsored

भारतबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मूल्य बढ्ने आयल निगमले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *