TodayPati

मिथिला नगरपालिकाले ल्यायो चालू आवको नीति तथा कार्यक्रम

टुडेपाटी-
जनकपुरधाम, साउन १६ गते ।

धनुषाको मिथिला नगरपालिकाकाले चालू आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार सम्पन्न नगरसभाको उद्घाटन सत्रमा नगरप्रमुख महेन्द्र महतोले चालु आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रमसहित अनुमानित बजेट पल्याएका छन् ।

कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन लगायत समेटेर अनुमानित ८० करोडको बजेट नगरप्रमुख महतोले प्रस्तुत गरेका छन् । जसमा चालु तर्फ ६२ करोड र पुजिँगत तर्फ १८ करोड रुपैयाँ रहेको जनाएको छ ।

Sponsored

असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । तर नेपाली काँग्रेस र एमालेबीचको विवादले यस नगरपालिकाको नगरसभा समयमा हुन सकेको थिएन । सोमबार एमालेका बहिस्कारबीच काँग्रेस र एकीकृत समाजवादीले मिलेर बहुमतले नगरसभा गरेको हो ।

मिथिला नगरपालिकामा ११ वटा वडा छ । जसमा मेयरसहित चारवटा वडा काँग्रेस, उपमेयरसहित ५ वटा एमाले, र २ वटा वडा नेकपा एकीकृत समाजवादीले जितेका छन् ।
काँग्रेसका सह महामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव प्रमुख अतिथ्य तथा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य समेत रहेका पूर्वमन्त्री सत्रुधन महतो विशिष्ट आतिथ्यमा नगरसभाको उद्घाटन सत्र सकिएको छ । नगरसभामा माओवादीका नेता रामकुमार महतो, कांग्रेसका गुदर यादव, माओवादीका दिनेश मण्डल, एसका जिवछ महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगरसभाको बन्द सत्र सोमवार नै सुरु भएको र बजेट बाँडफाँडका लागि पाँच सदस्य समिति समेत गठन भएको नगरपालिकाले जनाएको छ ।
अब १७ गते बुधवार फेरि नगरसभा बैठक बस्ने मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्यांगदनले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *