अनिश्चितकालिन रौतहट बन्द स्थगित
टुडेपाटी-
जनकपुरधाम, साउन १५ गते ।
गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले आजदेखि गर्ने घोषणा गरेको अनिश्चितकालिन रौतहट बन्द स्थगित गरेको छ । संघर्ष समितिकी संयोजक रुपसागर देवीले आइतबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै अनश्चितकालिन रौतहट बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको बताइन् ।
आफूहरु न्याको माग गर्दै अनिश्चितकालिन बन्द गर्न लागेको आन्दोलनको कार्यक्रममा सत्ताधारी पार्टीहरु मुठभेट सृजना गर्न खोजेकाले बन्दको कार्यक्रम तत्कालका लागि परिमार्जन गरि अन्य कार्यक्रम यथावत रहने उनको भनाइ छ ।
१७ वर्ष अघि तत्कालिन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जन माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौ व्यक्ति घाइते समेत भएका थिए ।
घटनाको मुख्य अभियुक्त तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तर हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका छन् ।
Sponsored