मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन एमालेको माग
टुडेपाटी-
जनकपुरधाम, साउन १४ गते ।
मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरेर किसानलाई राहत तथा क्षतिपूर्ति दिन नेकपा एमालेले माग गरेको छ ।
आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई ५ बुँदे ज्ञापन पत्र बुझाउँदै यस प्रदेशका जनताहरुको मुख्य पेशा कृषि रहेकाले पानी नपरेकाले यस क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको प्रमुख सचेतक लखन दास तत्माले बताए ।
प्रमुख सचेतक दासले हाल प्रदेशमा लामो समय देखि मौसमी वर्षा नभएको कारण किसानहरुले लगाएका धान वालिमा गम्भिर असर परेको र पशुमा लम्पी स्किन रोग लागेकोले थप असर परेको बताए ।
एमालेले मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरि पीडित किसानहरुलाई राहत र क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने, हाल माहामारीको रुपमा फैलिईएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणको लागि प्राविधिकहरु परिचालन गरि भ्याक्सिनको व्यवस्था गर्नुपर्ने साथै लम्पि स्किनका कारण वस्तु भाउहरु गुमाएका किसानहरुलाई क्षतिपुर्तिको व्यव्वस्था गर्नुपर्ने, मधेश प्रदेश सरकारले प्रदेश भरिका किसानहरुका लागि उन्नत विउ विजन, सिंचाई तथा मलखाद्य सरल र सहज उपल्वधताको सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतिकरण संग आवद्ध भएका किसानहरुका लागि २४ सै घण्टा विद्युत आपुर्तिको व्यवस्थ हुनुपर्ने र राहत स्वरुप यस वर्षको विद्युत महशुल प्रदेश सरकारले तिरिदिनु पर्ने माग गरेको छ ।
यस्तै, मधेश प्रदेशको ८ वटै जिल्लामा एक/एक वटा कृषि तथा पशु अनुसंधान प्रयोगशालाको व्यवस्थ हुनुपर्ने माग रहेको प्रमुख सचेतक दासले बताए ।
Sponsored