TodayPati

मधेश सरकारले खानेपानी समस्या समाधान गर्न विज्ञसँग गर्‍यो छलफल

टुडेपाटी–
जनकपुरधाम, साउन १३ गते ।

मधेश प्रदेशमा साउनको दोस्रो सातासम्म समेत वर्षा नभपछि पर्न लागेको खडेरी र खानेपानी लगायतको समस्याबारे विज्ञहरुसँग छलफल गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री संजय कुमार यादव र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले यस प्रदेशमा वर्षा नहुँदा उत्पन्न भएको कृषिका लागि सिचाईं र खानेपानीको भएको समस्या बारे विज्ञ एवं सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

Sponsored

मधेश कतिपय जिल्लामा खानेपानीको समेत काकाकुल अवस्था सिर्जना भएको र कृषि योग्य भूमि समेत रोपाई हुुन् नसकेको र खडेरी लाग्ने समस्याको सामाधानको विषयमा मन्त्रीद्वयले विज्ञहरुसँग सुझाव समेत मागेका छन् ।

पानीको संकटलाई तत्कालै समाधान गर्न विज्ञहरुले दिएको सुझावलाई कार्यान्वयनमा लैजाने निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको छ भने मधेश प्रदेशमा पानीको अवस्था कस्तो रहेको त्यसबारे अध्ययन गर्न छिट्टै नै विज्ञहरुको समिति गठन गरी भविष्यमा यस्ता किसिमको समस्या आउन् नदिन र आइपरेपनि पूर्व तयारी गरी अघि बढ्ने योजन समेत अघि सारेको बताइएको छ ।

त्यस्तै मन्त्रीद्वयले पानीको संकट सदैवका लागि अन्त्य गर्न विभिन्न कोणबाट अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न समेत विज्ञहरुसँग राय लिइएको अर्थमन्त्री संजय साहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *