TodayPati

हाम्रो नेता खाणलाई राज्यले फसायोः महेन्द्र यादव

टुडेपाटी–
काठमाडौं, साउन ७ गते ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बालकृष्ण खाणलाई राज्यले फसाएको बताएका छन्।

आइतबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै यादवले बालकृष्ण खाणलाई राज्यले फसाएको आरोप लगाउँदै उहाँप्रति राज्यले ठूलो अन्याय गरेको बताए ।

Sponsored

यादवले खाणमाथि ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाइएको पनि बताए।

उनले भने, ‘उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ । ठगीमा राजद्रोहको मुद्दा लगाउने हो भने दिनमै १०।२० मुद्दा लगाउन मिल्छ।’

पूर्वगृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *