TodayPati

महिलाको मृत्यु पश्चात जनकपुरको सुरक्षा अस्पतालमा लाग्यो ताला, उठ्यो लास

टुडेपाटी-
जनकपुरधाम, साउन ५ गते ।

जनकपुरको सुरक्षा अस्पतालमा एक महिलाको मृतयु पश्चात ताल्चा लगाएको छ । आज दिउँसो घटन लगतै चिकित्सकहरु फरार भएपछि बिरामीलाई अन्यत्र सारेर ताला लगाइएको हो ।
आफन्तजनको पाँच घण्टासम्म लास अस्पतालको गेटमा राखेर प्रदर्शन गरेका थिए । राति साढे ८ बजेतिर मृतक महिलाको लास पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठे घरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रिायका लागि जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साह भर्ना भएकी थिइन् । आज दिउँसो ३ बजे उनको मृत्यु भएको हो ।

बुधबार शल्यक्रिया गरिएको थियो । आज दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् । फस्नबाट जोगिन चिकत्सक र स्वास्थ्यकर्मीले आफन्तलाई केही नभनी एम्बुलेन्समा राखेर अन्यत्र लग्न खोजेका थिए । आफन्तजनले रोक्न खोजेका थिए । तर लग्न जवरजस्ती गरेपछि कराएर मान्छे बेलाएको भाई उदय साहले सुनाए ।

Sponsored

‘हामीलाई नसोधी डाक्टर नर्सहरुले आफै एम्बुलेन्समा राखेर उपचारको लागि बाहिर लग्दै छौं भन्यो । हामीले मान्छे बोलाएर रोकायौं । हेरेपछि दिदीको मृत्यु भइसकेको थिाये’ भाई उदयले भने ‘लगतै डाक्टरले पुलिस बोलाएर सुरक्षित सबैजना भागे । दिदीको अप्रेशनमा लापरबाही गर्दा नै मृत्यु भएको हो ।’

यो हस्पिछल डा.सरोज ठाकुरले संचालन गरेका हुन् । अस्पतालमा महिलाको मृत्यु पश्चात आफन्तजनले लास गेटमै राखेर प्रदर्शन गरेका थिए । अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । क्षति हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । चिकित्सकहरु भागेपछि अन्य बिरामीहरुलाई अन्यत्र हस्पिटलमा सारिएर ताला लगाइएको हो ।

विरामीलाई अन्यत्र सारेर अस्पतालमा सबैको रोहबरमा ताला लगाइएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *